एक दशकपछि साहरुख र सलमान एकसाथ पर्दामा
अभिनेता साहरुख खान र सलमान खान एकसाथ पर्दामा देखिएको १० बर्ष भयो । साहरुखले निर्माण गरेको फिल्म ‘ओम शान्ती ओम’को एक गीतमा सलमान पनि देखिएका थिए । यसपछि, यी दुई एकसाथ पर्दामा देखिएका छैनन् । करिब ५ बर्ष लामो झगडापछि मिलेका साहरुख खान केहि टीभी शो र अवार्ड शोमा भने एकसाथ देखिएका छन् ।
अब, यी दुई कलाकार एकसाथ पर्दामा देखिन लागेको मिडिया रिपोर्टमा उल्लेख छ । मिडिया रिपोर्टका अनुसार सलमान खानले अभिनय तथा निर्माण गरिरहेको फिल्म ‘ट्यूबलाइट’मा साहरुख खानले केमियो रोल गर्दैछन् ।
यो फिल्मको केमियो भूमिकामा सुरुमा कलाकार धमेन्द्रको नाम अगाडि थियो । तर, पछि सलमानले साहरुखलाई यो भूमिकामा खेलाउन चाहे । निर्देशक कविर खान पनि यो कुरामा सहमत भैसकेका छन् ।
केहि दिनमै साहरुख र सलमानले छायांकन गर्ने मिडियामा उल्लेख गरिएको छ । करिब १० बर्षपछि साहरुख र सलमानलाई एकसाथ पर्दामा हेर्ने उनीहरुको फ्यानको चाहना अब पुरा हुने भएको छ ।
For More videos Log on to Mazzako TV