नेपालको लुम्बिनीमा अन्तिम सास लिन चाहन्थे ओम पुरी
बलिउडका चर्चित अभिनेता ओम पुरीको केहि दिन अगाडि निधन भयो । ओमको निधनको रहस्य अझै छ । उनको निधारमा गहिरो चोट लागेको खबर मिडियामा सार्वजनिक भैरहेको छ ।
तर, ओम पुरीको बिषयमा अर्को खबर पनि सार्वजनिक भएको छ । ओमकी पीआरको रुपमा काम गर्दै आएकी स्मिता सिंहले मिडियालाई बताएअनुसार, उनी आफ्नो अन्तिम सास नेपालको लुम्बिनीमा लिन चाहन्थे । अज्ञातवासका लागि ओम लुम्बिनी जान चाहेको स्मिताले बताएकी छिन् ।
उनी, केहि दिनदेखि तनावमा थिए । स्मिताले भनेकी छिन्-‘करिब एक हप्तादेखि मलाई ओम साहबले भनिरहनु भएको थियो कि, म अज्ञातवासका लागि लुम्बिनी जान चाहन्छु । जहाँ गौतम वुद्धको जन्म भएको थियो । ओमले मलाई १५ दिनका लागि लुम्बिनी जान्छु र गोप्य रुपमा बस्छु भन्नु भएको थियो ।’ स्मिताका अनुसार ओम गौतम वुद्धले ध्यान गरेको रुखमुनि बसेर देह त्याग गर्न चाहन्थे । तर, उनको यो अन्तिम इच्छा पुरा हुन सकेन ।
For More videos Log on to Mazzako TV