बलिउड अभिनेता ऋतिक रोशन आजबाट ४३ बर्षमा प्रवेश गरेका छन् । सन् १९७४ जनवरी १० तारिखमा उनी मुम्बइको महाराष्ट्रमा जन्मिएका थिए । चर्चित निर्माता तथा निर्देशक राकेश रोशनका छोरा भएका कारण पनि उनलाई बलिउडमा प्रवेश गर्न गाह्रो भएन ।
hritik-roshan
सन् २००० मा ऋतिक फिल्म ‘कहोना प्यार हे’बाट बलिउडमा प्रवेश गरेका थिए । यसपछि, उनको सफल करिअर सुरु भएको हो । ‘कोइ मिल गया, कृष, कृष ३’ जस्ता फिल्ममा अभिनय गरेका कारण ऋतिक बलिउडमा चर्चित बने । उनको लुक्सका कारण पनि उनलाई विश्वभर धेरैले चिन्छन् । सन् १९८० मा ऋतिकले फिल्म ‘आशा’मा बाल कलाकारको रुपमा काम गरेका थिए । यसपछि उनले केहि फिल्ममा बाल कलाकारको रुपमा काम गरे ।

ऋतिक जीवनमा प्रेमको चर्चा पनि धेरै भयो । अभिनेत्री कंगना रनावतसँगको उनको प्रेमले गतबर्ष सर्वाधिक चर्चा पायो । कंगना र ऋतिकको वाकयुद्धले बर्ष दिन भरि नै मिडियामा समाचारको स्थान पायो ।

पत्नी सुजैनसँग ऋतिकको डिभोर्स भएपछि अहिले उनी एक्लै छन् । २ छोराका पिता ऋतिक विश्वकै ह्यान्डसम पुरुषको सूचीको तेश्रो नम्बरमा परेका छन् ।

For More videos Log on to Mazzako TV