हलिउड अवार्डमा सेक्सी प्रियंका
हलिउडको चर्चित अवार्ड शो ‘गोल्डेन ग्लोब अवार्ड’को ७४ औ श्रृङ्खलामा बलिउड अभिनेत्री प्रियंका चोपडा हाइलाइटमा रहन पुगिन् । यो अवार्ड शोमा हलिउडमा थुप्रै हट वालाहरु सहभागी थिए ।
तर, बलिउड सुन्दरीले सबैको ध्यान तानिन् । राल्फ लोरेनको गोल्डेन गाउनमा पुगेकी चोपडा खुबै हट देखिएकी थिइन् । उनको मेकअप, स्टेफनी ब्रुक वन्र्सले गरेका थिए ।
रेड कार्पेटमा माथि आधा खुलेको पहिरनमा पुगेकी चोपडाले रातो लिपिष्टिक लगाएकी थिइन् । सन् २०१५ मा ‘क्वान्टिको’ नामक अंग्रेजी सिरियलबाट चर्चा पाएकी चोपडाले ‘वेवाच’ नामक हलिउड फिल्ममा पनि अभिनय गरेकी छिन् । यसपछि, उनको चर्चा हलिउड बजारमा र अवार्ड शोमा पनि हुन थालेको हो ।
For More videos Log on to Mazzako TV