‘दंगल’ बन्यो सर्वाधिक कमाउने बलिउड फिल्म
अभिनेता आमिर खान अभिनित फिल्म ‘दंगल’ सबैभन्दा धेरै कमाउने बलिउड फिल्म बनेको छ । तेश्रो हप्ताको आइतबार फिल्म ‘पीके’को ३४०.८ करोडको लाइफ टाइम कलेक्शन पार गर्दै ‘दंगल’ले नयाँ रेकर्ड बनाएका हो ।
यो फिल्मले तेश्रो हप्ताको आइतबारसम्म ३४५ करोडको व्यापार गरेको छ । कुनै पनि बलिउड फिल्मले यति धेरै व्यापार यस अगाडि गरेको थिएन ।
अब, यो फिल्म ३५० करोडको टार्गेटमा दौडिएको छ । कुस्ती खेलमा आधारित रहेर तयार पारिएको यो फिल्ममा छोरा जस्तै छोरी पनि सशक्त छन् भन्ने सन्देश दिइएको छ ।
For More videos Log on to Mazzako TV