बलिउडका चर्चित कलाकार ओम पुरीको निधन भएको छ । उनको आज बिहान निधन भएको हो । उनको हृदयघातका कारण निधन भएको हो । ६६ बर्षको उमेरमा उनको निधन भएको भारतीय मिडियाले बताएका छन् । om-puri-death

ओम पुरीले ३ सय भन्दा बढी बलिउड फिल्ममा अभिनय गरेका थिए। उनले २० वटा हलिउड फिल्ममा पनि काम गरेका थिए । ‘अर्ध सतय र आरोहण’ नामक फिल्ममा उनले निर्वाहा गरेको भूमिकालाई लिएर उनलाई राष्ट्रिय अवार्ड पनि प्रदान गरिएको थियो । उनलाई सन् १९९० मा भारतको प्रतिष्ठित पुरस्कार पद्यमश्री पनि मिलेको थियो ।

पोष्टमार्टम रिपोर्टमा उनको टाउकोमा चोटको निशान भेटिएको छ । ओम फिल्म ‘ट्यूबलाइट’मा काम गरिरहेका थिए । उनी यसमा गान्धीवादी नेताको भूमिकामा काम गरिरहेका थिए । ओमलाई बलिउडका सबै जसो कलाकारले श्रद्धाञ्जली दिएका छन् ।

For More videos Log on to Mazzako TV