बलिउडकर्मीहरु आफ्नो फिल्मको प्रचारका लागि सोनी टेलिभिजनबाट प्रशारण हुने चर्चित कमेडी शो ‘द कपिल शर्मा शो’मा पुगेकै हुन्छन् । अभिनेता आदित्य रोय कपुर र अभिनेत्री श्रद्धा कपुर पनि नयाँ फिल्म ‘ओके जानु’को प्रचारका लागि यो शोमा पुगे ।
kapil-sharma-show
तर, उनीहरुलाई बेलुकी ४ बजेको समयमा बोलाइएको थियो । उनीहरु समयमै सुटिङ स्थलमा पुगेका थिए । तर, कार्यक्रमका संचालक कपिल शर्मा नै सेटमा उपस्थित थिएनन् ।

कपिललाई उनीहरुले करिब ५ घन्टा कुरेका थिए । बेलुकी ९ बजेमात्र कपिल सेटमा पुगेका थिए । ५ घन्टासम्म कुर्न परेपछि आदित्य र श्रद्धा निकै रिसाएका थिए । बेलुकी ९ बजेबाट राती अबेरसम्म यो शोको छायांकन भएको थियो ।

For More videos Log on to Mazzako TV