चलचित्र निर्माता संघमा नव निर्वाचित अध्यक्ष आकाश अधिकारीले बिहिबार आफ्नो जन्मदिन मनाएका छन् । निर्माता संघको अध्यक्ष पदमा निर्विरोध निर्वाचित भएपछि आकाशले यस वर्षको जन्मदिन गत वर्षहरुमा भन्दा फरक शैलीले मनाए ।

akash-adhikari

गत वर्षहरुमा पारिवारिक सदस्य र फिल्मी सर्कलसँग वर्थ डे मनाउने गरेका आकाशले यस वर्ष भने सञ्चारकर्मीसँग मनाए । ‘यसपाली चाहिं सञ्चारकर्मी साथीहरुलाई पालो’ वर्थ डे म्यान अधिकारीले भने, ‘अब मैंले उठाएका एजेण्डा कार्यान्वयन भएपछि भने सम्पूर्ण फिल्मकर्मी साथीहरुसँग वर्थ डे मनाउँला ।’ अध्यक्ष अधिकारीको जन्मदिनमा निकै रमाईलो माहोल सृजना भएको थियो । आकाश निर्देशित फिल्मका गीतहरुमा उनी सहित सञ्चारकर्मीले पनि कम्मर मर्काएका थिए ।

akash-adhikari-birth-day-celebration

निर्माता संघको अध्यक्ष पदमा निर्विरोध रुपमा निर्वाचित भएसँगै अध्यक्ष अधिकारीप्रति निर्माताहरुले निकै भरोसा राखेका छन् । बक्स अफिस र राष्ट्रिय चलचित्र नीतिलाई कार्यान्वयन गराउन आकाश सफल हुने धेरैको विश्वास छ । अर्को तर्फ अभिनेत्री श्वेता खड्काले निर्माण गर्ने नयाँ फिल्मको प्रि-प्रोडक्सनमा पनि व्यस्त आकाश छन् ।

For More videos Log on to Mazzako TV