जनवरी २५ मा रिलिज हुन लागेको अभिनेता साहरुख खान र अभिनेत्री माहिरा खान अभिनित फिल्म ‘रइस’को रोमान्टिक गीत रिलिज गरिएको छ । srk-and-mahira

प्रतिक्षित रुपमा रहेको ‘जालिमा’ बोलको गीत युटुबबाट रिलिज भएसागै चर्चित बनिरहेको छ । साहरुख र माहिरा यो गीतमा रोमान्टिक मुडमा देखिएका छन् ।

अर्जित सिंह र हर्षदिप कौरको आवाजमा समावेश यो रोमान्टिक गीतमा अमिताभ भट्टचार्यको शब्द छ । गीतको भिडियो पनि रोमान्टिक बनाइएको छ । साहरुख र माहिरा कतै कतै खुबै हट देखिएका छन् । राहुल ढोलाकियाको निर्देशनमा बनेको यो फिल्ममा साहरुख भिलेन अवतारमा देखिएका छन् ।

For More videos Log on to Mazzako TV