३१ बर्षमा दीपिका
बलिउड अभिनेत्री दीपिका पादुकोण आजबाट ३१ बर्षमा प्रवेश गरेकी छिन् । सन् १९८६ जनवरी ५ मा डेनमार्कको कोपेनहेगनमा उनको जन्म भएको थियो ।
फिल्म ‘ओम शान्ती ओम’बाट दीपिकाले बलिउडमा यात्रा सुरु गरेकी हुन् । दीपिका पादुकोणले एक दशक लामो बलिउड यात्रामा सफलताको सिढी चढेकी छिन् ।
उनले अभिनय गरेका ‘पीकु, रामलिला, बाजिराओ मस्तानी, ककटेल’ले उनको अभिनयलाई एउटा लेभलमा पुर्याएका थिए । ‘चेन्नई एक्सप्रेस, ह्याप्पी न्यू इयर’ जस्ता फिल्मले दीपिकालाई बक्स अफिसकी रानी पनि बनाइदिएका थिए ।
रणवीर कपुर र रणवीर सिंहसँगको प्रेमका कारण पनि दीपिकाको चर्चा धेरै भएको पाइन्छ ।
For More videos Log on to Mazzako TV