जब सोनमको व्यवहारका कारण अनिल रिसाए
अभिनेता अनिल कपुर आफ्नी छोरी सोनम कपुरलाई खुबै प्रेम गर्छन् । सोनमको करिअरलाई लिएर अनिल गम्भिर पनि छन् । तर, कहिलेकाही छोरीले भनेको नमान्दा र अनुशासन पालन नगर्दा अनिल खुबै रिसाउने पनि गरेका छन् ।
हालै मात्र एक अवार्ड शोमा यस्तै घटना भयो । अवार्डमा फिल्म ‘निरजा’का निर्देशकले उत्कृष्ट निर्देशकको अवार्ड पाए । अवार्ड पाएपछि निर्देशकले फिल्मका सबै कलाकार र प्राविधिकलाई स्टेजमा बोलाए । तर, बारम्बार नाम बोलाउँदा पनि सोनम स्टेजमा पुगिनन् । सोनम, स्टेजको पछाडि आफ्ना साथीहरुसँग गफमै मस्त थिइन् ।
बारम्बार बोलाउँदा पनि नसुनेपछि अनिल छोरीसँग रिसाए । उनले माइकमै भने-‘सोनम आफ्नो पिताबाट केहि सिक ।’ बाबुको आक्रोशपूर्ण बोलीपछि सोनम हतार हतार स्टेज त पुगिन् तर लामो समय बसिनन् ।
For More videos Log on to Mazzako TV