अभिनेता सलमान खान र निर्माता तथा निर्देशक करण जोहर फिल्म निर्माणमा एकसाथ आउने भएका छन् । सन् २०१८ मा रिलिज हुने फिल्ममा यी दुइले लगानी गर्ने भएका छन् । salman-akshya-and-karan

नाम तय नभएको यो फिल्मलाई अनुराग सिंहले निर्देशन गर्दैछन् । सलमान र करणको ब्यानरले पहिलो पटक एकसाथ फिल्म बनाउन लागेका हुन् ।

यो फिल्ममा अभिनेता अक्षय कुमार मुख्य अभिनेताको रुपमा देखिनेछन् । अभिनेता सलमान खानको कुनै भूमिका फिल्ममा हुन्छ या हुादैन भन्ने पक्का भएको छैन । तर, धर्म प्रोडक्शन र सलमान खान फिल्मस्ले पहिलो पटक फिल्म बनाउने भएका छन् ।

सन् २०१८ का लागि एउटा वीग रिलिज यो फिल्म हुने देखिएको छ ।

For More videos Log on to Mazzako TV