केहि दिनदेखि बलिउड अभिनेत्री श्रद्धा कपुरको बिषयमा गसिप सार्वजनिक भैरहेको छ । श्रद्धाले घर छाडेर प्रेमी फरहान अख्तरको घरमा बस्दै आएको खबर आइरहेको थियो । यतिसम्मकि, श्रद्धा एक सातासम्म फरहानको घरमा बसेपछि उनलाई लिन पिता शक्ति कपुर फरहानको घरमा पुगेको खबर पनि सार्वजनिक भैरहेको थियो । shraddha-kapoor

यो बिषयमा अभिनेता शक्तिले जवाफ दिइसकेका छन् । उनले यसलाई गलत भनिसकेका छन् । अब, अभिनेत्री श्रद्धा कपुरले पनि यसमा मुख खोलेकी छिन् ।

उनले कलाकार भैसकेपछि यस्ता खालका गसिप आउनु सामान्य नै भएको बताइन् । उनले भनिन्-‘यो गलत खबर हो । तर, यस्ता कुराले मलाई खासै फरक पार्दैन । तर, यसमा मेरो परिवारलाई नै जोड्नु गलत हो ।’

उनले आफ्नो बाबु-आमाको समेत नाम प्रयोग गरेर गसिपमा नरमाउन मिडियालाई आग्रह गरेकी छिन् ।

For More videos Log on to Mazzako TV