के सोनमले प्रेम स्विकार गरेकी हुन् ?
बलिउड अभिनेत्री सोनम कपुरले आफ्नो प्रेम स्विकार गरेकी छिन् । फिल्म ‘सावरिया’को रिलिजको समयमा उनी र अभिनेता रणवीर कपुरविच प्रेम रहेको चर्चा सुरु भएको थियो । तर, त्यो चर्चा पछि सेलायो । 
तर, अब अहिले सोनमको नाम व्यापारी आनन्द आहुजासँग जोडिएको छ । आनन्द र सोनम लामो समयदेखि प्रेममा रहेको खबरहरु बाहिरिएका छन् । सोनमले यो कुरालाई अस्विकार पनि गर्दै आएकी थिइन् ।
तर, नयाँ बर्षको अवसरमा सोनमले एक तस्बिर ट्विटरमा ट्विट गरिन् । जसमा उनी र आनन्द दुबै छन् । सोनम र आनन्दको तस्बिर, कुनै काटुर्नमा अनुहार मात्र देखाएर खिचिएको छ । जसमा यसलाई वास्तविक संझनु भन्ने शब्द छ ।
यसको अर्थ के, अब सोनमले औपचारिक रुपमै आफ्नो प्रेम स्विकार गरेकी हुन् त ?








