सन् २०१७ ले आजबाट विश्वभर पाइला टेकेको छ । हामी, यहाँ सन् २०१६ लाई बलिउडको नजरबाट हेर्ने कोशिशमा छौ । सन् २०१६ बलिउडका लागि फलदायी रहन पुग्यो । यो बर्षमा बलिउडमा स्टारडम भन्दा पनि बिषय बिक्यो । बिषयवस्तु उत्कृष्ट भएका केहि फिल्म चल्दा स्टारका फिल्मले बक्स अफिसमा हावा खाए । hritik-and-srk

अभिनेता साहरुख खान अभिनित फिल्म ‘फ्यान’ चलेन । बक्स अफिसमा यो फिल्म कमजोर बन्नुको पछाडि यसको बिषयलाई मानियो ।

यशराज ब्यानरकै अर्को फिल्म ‘वेफिक्रे’ पनि कमजोर बिषयका कारण चलेन । जबकि, यो फिल्ममा रणवीर कपुर जस्ता स्टार थिए ।

यहि, बर्ष अभिनेता ऋतिक रोशन अभिनित फिल्म ‘मोहेन्जो दारो’ पनि चलेन । कथा कमजोर बनेका कारण फिल्म चलेन । अभिनेता सिद्धार्थ मल्होत्रा र अभिनेत्री कट्रिना कैफ अभिनित फिल्म ‘बार बार देखो’ पनि चलेन । ‘रक अन २, कहानी २’ जस्ता फिल्म पनि पूर्ण रुपमा असफल बने ।

For More videos Log on to Mazzako TV