के जनवरी १ मा इन्गेजमेन्ट गर्दैछन् विराट र अनुष्का ?
प्रेममा परेपछि नै बलिउड अभिनेत्री अनुष्का शर्मा र क्रिकेटर विराट कोहलीको चर्चाले बलिउड मिडिया रंगिएका छन् । कहिले ब्रेकअप भएको त कहिले प्याचअप भएको खबरले मिडिया रंगिएका हुन्छन् ।
अहिले फेरि जनवरी १ मा विराट र अनुष्काले इन्गेजमेन्टे गर्न लागेको खबर सार्वजनिक भैरहेको छ । अनुष्का र विराट अहिले नयाँ बर्ष मनाउन देहरादुन पुगेका छन् । उनीहरु देहरादुन पुगेपछि नै यी दुइको इन्गेजमेन्टको खबर सार्वजनिक भएको हो ।
खबर त यो सम्म छ कि, यी दुइको इन्गेजमेन्टमा बलिउड अभिनेता अमिताभ बच्चन र अंवानी परिवार पनि सहभागी हुनेछन् ।
तर, अनुष्काका प्रवक्ताले यो सबै खबरलाई झुटो भनिदिएका छन् । उनका अनुसार, अनुष्का र विराट नयाँ बर्ष मनाउन देहरादुन पुगेका हुन् । तर, इन्गेजमेन्टको खबर सबै झुटो हो ।
For More videos Log on to Mazzako TV