यो बर्ष बलिउडमा अभिनेत्री कंगना रनावत अभिनेता ऋतिक रोशनसँगको सम्बन्धका कारण चर्चामा रहन पुगिन् । ऋतिक र उनीविच लामो समय लफडा नै चल्यो । कुनै समय गोप्य रुपमा प्रेम गरेको यो जोडी यो बर्ष बादबिबादबाट चर्चामा रह्यो । kangana-hot

उनै, कंगना सन् २०१७ मा भने फ्यानलाई के सरप्राइज दिन चाहन्छिन् त ? एक पत्रिकासँगको कुराकानीमा कंगनाले सबैलाई चकित पार्ने जवाफ दिएकी छिन् । उनले भनेकी छिन्-‘संभवत फ्यानले मेरो बिहे भएको हेर्न पाउनु हुनेछ ।’

कंगनाले आउँदो बर्ष आफूले बिहे गर्न सक्ने संकेत दिएकी छिन् । प्रेममा असफल हुँदै आएकी यी अभिनेत्रीले प्रेमीको बिषयमा भने केहि पनि बोलिनन् । तर, उनले यसमा मुस्कान मात्र दिएको मिडियामा उल्लेख छ ।
के आउँदो बर्ष कंगनाले करोडौ फ्यानको मन टुक्राउँदै बिहे त गर्ने छैनन् ? प्रतिक्षा गरौ ।

For More videos Log on to Mazzako TV