जब श्रद्धालाई लिन फरहानको घर पुगे शक्ति
पत्नीसाग अलग भएपछि बलिउड अभिनेता फरहान अख्तरको नाम कुनै न कुनै अभिनेत्रीसँग जोडिएको छ । अहिले उनी अभिनेत्री श्रद्धा कपुरसँग प्रेमका कारण चर्चामा छिन् । उनै श्रद्धा एक सातादेखि फरहानको घरमा रहेको खबर सार्वजनिक भएको छ ।
श्रद्धा आफ्नो कपडा लिएर फरहानको घर पुगेकी थिइन् । करिब एक सातासम्म यी दुई एकसाथ बसे । यसपछि, उनलाई लिन उनका पिता शक्ति कपुर फरहानको घर पुगे ।
फरहानको घर पुगेर शक्तिले श्रद्धालाई घर हिड्न भनेका थिए । बाबुको आग्रहलाई नकार्न नसकेपछि श्रद्धा कपडा लिएर घर फर्किइन् । उनीहरुले सो समय कुनै बादबिबाद गरेनन् ।
भारतीय मिडियाका अनुसार श्रद्धा र फरहान लिभ इन रिलेशनमा बस्न चाहन्थे । तर, शक्तिका कारण उनीहरुको चाहना एक हप्ता भन्दा बढी पुरा हुन सकेन ।
For More videos Log on to Mazzako TV