फरहानसँग श्रद्धाको डेटिङ
बलिउड अभिनेत्री श्रद्धा कपुर र अभिनेता फरहान अख्तरविचको प्रेम चर्चाले मिडियामा खुबै चर्चा पाइरहेको छ । तर, यी दुइले आफूहरु नजिकको साथी मात्र भएको बताउँदै आएका छन् ।

श्रद्धा र फरहानको प्रेम सुरु भएको ‘रक अन २’ पछि हो भन्नेहरु पनि छन् । प्रेमको चर्चालाई अस्विकार गर्दै आएको समयमा यी दुइ फेरि डेटमा रमाएको खबर छ ।
फरहान र श्रद्धाको साथमा अभिनेता अर्जुन रामपाल र उनकी पत्नी पनि रहेको मुम्बई मिरर नामक पत्रिकाले छापेको छ । पत्रिकाका अनुसार श्रद्धा र फरहान डिनरका लागि अर्जुनको फ्ल्याटमा पुगेका हुन् ।
सो समयमा फरहान र अर्जुनले गितार बजाउँदा श्रद्धाले गीत गाएकी थिइन् । फरहान आफ्नी प्रेमिकासँग रमाइलो पल बिताउन चाहिरहेको मिडियामा उल्लेख छ ।
For More videos Log on to Mazzako TV







