के पेरिस र किम मिलेका हुन् ?
लामो समयदेखि चर्चित मोडल तथा रियालिटी स्टार किम कार्दशियन र गायिका तथा मोडल पेरिस हिल्टनविच लफडा चलेको थियो । जसकाकारण, यी दुइविच बोलचाल नै बन्द भयो । 
बोलचाल बन्द भएपछि यी दुई एकैसाथ देखिन छाडेका थिए । तर, अक्टोबरमा पेरिसमा किममाथि बन्दुकधारीले हातपात गर्दै उनको करोडौ मुल्यको गहना चोरेपछि पेरिस उनीसँग नजिक भएकी थिइन् ।
यी दुइले एक अर्कालाई इन्स्ट्राग्राममा फलो गर्न थालेका थिए । क्रिस जेनरले आयोजना गरेको पार्टीमा किम र पेरिस देखिएका छन् । एउटै छानामुनि पेरिस र किम उपस्थित हुनुले यी दुई विच सबै लफडा सकिएको अड्कल काटिएको छ ।
For More videos Log on to Mazzako TV







