बलिउडमा एउटा रोचक संयोग छ । बलिउडमा एकछत्र राज गरिरहेका ३ खान एकसाथ एउटै उमेरमा उक्लन्छन् । आमिर खान, साहरुख खान र सलमान खानको जन्म सन् १९६५ मा भएको हो । salman-khan-bdy

जेठा आमिर हुन्, माइला साहरुख हुन् भने कान्छा सलमान हुन् । उनै सलमान मंगलबार आफ्नो ५१ औ जन्मदिन मनाउँदैछन् ।

सन् १९६५ डिसेम्बर २७ तारिखमा सलमानको जन्म भएको हो । फिल्म ‘मैने प्यार किया’बाट बलिउडमा अभिनेताको रुपमा भित्रिएका सलमान आजको समयमा बलिउडका सबैभन्दा चर्चित अभिनेता हुन् ।

उनले अभिनय गरेका फिल्मले बक्स अफिसमा नयाँ नयाा रेकर्ड बनाइरहेका छन् । सलमानले जन्मदिनको अवसर पारेर आफ्नो फार्म हाउसमा भव्य पार्टीको आयोजना पनि गरेका छन् ।

For More videos Log on to Mazzako TV