‘किङ्ग’ प्रचारमा निस्किए निखिल, भन्छन्, ‘निर्मातासँग थिएन विवाद’
गएको केही दिन पहिले फिल्म ‘किङ्ग’ का निर्माता जयन श्रेष्ठले आफ्ना कलाकारहरुलाई मिडियासँग अन्र्तक्रिया गराए । रुपा राणा, अनुपविक्रम शाही, वेनिशा हमाल, प्रज्जवल सुजल गिरी लगायत कलाकारहरुले मिडियामा आफ्नो कुरा राखे । तर ‘किङ्ग’ निखिल उप्रेती भने देखा परेनन् । के निर्मातासँगको विवादका कारण निखिल त्यहाँ नआएका थिए ?
‘होइन होइन त्यस्तो होइन’ हो चाहिं के त ? निखिलले भने, ‘म आफ्नै फिल्मको सुटिङमा व्यस्त थिएँ । सुटिङ नै छाडेर त म कहाँ आउन सक्थें र ?’ आफ्नै लगानीमा बनिरहेको फिल्म ‘रुद्र’ को सुटिङ निखिलले भर्खरै सकेका छन् । ‘अब चाहिं म ‘किङ्ग’ को लागि समय दिन्छु’ निखिलले भनेका छन् । प्रचारमै नहिंड्ने गरी निर्मातासँग विवाद नभएको निखिल बताउँछन् । सविर श्रेष्ठ निर्देशित फिल्ममा निखिल एक्सन र लभर युवाको भूमिकामा छन् । यही पुष २८ गतेदेखि प्रदर्शनमा आउने ‘किङ्ग’ ले दर्शकको मन जित्ने निखिलको विश्वास छ । अनुप, वेनिशा र प्रज्जवलसँग गरिएको मज्जाको गफगाफ हेर्नुस् :