३ दिनमा १०६.९५ करोडको कमाई गर्दै बलिउड अभिनेता आमिर खानको प्रतिक्षित फिल्म ‘दंगल’ले हिटको व्यापार गरिरहेको छ । २ बर्षपछि पर्दामा देखिएका आमिरका लागि यसबर्षको क्रिसमस पनि फापेको छ । dangal-poster

आइतबार बिदाको दिन यो फिल्मले ४२.३५ करोडको व्यापार गर्‍यो । यो व्यापारसँगै फिल्मले सय करोडको आँकडा ३ दिनमै छोएको हो । अभिनेता आमिर खानको पाँचौ फिल्मले सय करोडको कारोबार गरेको हो ।

३ सातासम्म अर्को नयाँ फिल्म नभएका कारण पनि ‘दंगल’को व्यापार ३ सय करोडमाथि हुने धेरैको अड्कल छ । तर, यो फिल्मले पुराना रेकर्डहरु पनि तोड्न सकेन । अभिनेता साहरुख खान अभिनित फिल्म ‘ह्याप्पी न्यू इयर’ले ३ दिनमा १०८ करोडको कारोवार गरेको थियो । जुन रेकर्डलाई आमिरको यो प्रतिक्षित फिल्म तोड्न सकेन ।

For More videos Log on to Mazzako TV