बलिउडका चर्चित अभिनेता अक्षय कुमारकी पत्नी ट्विंकल खन्ना आफ्नो ब्लगका कारण चर्चामा छिन् । उनी समय समयमा ब्लग लेख्ने गर्छिन्, जसले उनलाई विवादमा ल्याउने गरेको छ । केहि दिन अगाडि उनले भारतमा भैरहेको नोटबन्दीको बिषयमा लेखेर चर्चा कमाएकी थिइन् ।
akshya-twinkal-and-salman
उनले फेरि अर्को ब्लग लेखेर बलिउडका अविवाहित नायक सलमान खानमाथि निशाना हानेकी छिन् । उनले लेखेकी छिन्-‘देशको सबैभन्दा चर्चित अविवाहित पुरुषका लागि केटी चाहियो ।

मांसहारी, राम्रो व्यक्तित्व भएको, सफल, राम्रो खानदानको यूवकका लागि राम्री, अग्ली, स्लिम र कम बोल्ने यूवती चाहिएको छ ।’ ट्विंकलले यूवक यूवतीको कुरा धेरै सुन्न नसक्ने भएकाले कम बोल्ने यूवती चाहिएको लेखेकी छिन् ।

उनले सम्पर्कका लागि इमेल ठेगानमा पनि दिएकी छिन् । ट्विंकलले सलमानको मजाक बनाउँदै यस्तो ब्लक लेखेकी छिन् । तर, सलमानले भने बारम्बार बिहे गर्ने बताइरहेका छन् । सलमानका फ्यानले भने अक्षय पत्नीलाई ट्विटरमा मजाक बनाइरहेका छन् ।

For More videos Log on to Mazzako TV