५५ बर्षको उमेरका विश्व चर्चित पप गायक जर्ज माइकलको निधन भएको छ । उनको आफ्नै घरमा निधन भएको अन्तरराष्ट्रिय संचारमाध्यमले जनाएका छन् । george-michele-death

उनको निधनको कारण खुलेको छैन । तर, उनको निधन सामान्य तरिकाले भएको केहि मिडियाले उल्लेख गरेका छन् । प्रहरीले भने मृत्युको कारण पुष्टी नभएको बताएको छ । क्रिसमसकै दिन गायकको निधन भएको हो । अहिले विश्वभरबाट उनका फ्यानले श्रद्धान्जली दिइरहेका छन् ।

सन् १९६३ मा जन्मेका जर्ज माइकलको असली नाम जार्जियोस किरियाकोस पनाइओटोउ हो । ८० को दशकमा उनले ‘ब्हाम’ नामको ब्यान्ड निर्माण गरेका थिए ।

उनलाई  बलिउडका चर्चित कलाकारले पनि श्रद्धाञ्जली दिइरहेका छन् ।

For More videos Log on to Mazzako TV