अभिनेता साहरुख खान र निर्देशक संजयलिला भन्सालीले फिल्म ‘देवदास’मा काम गरेपछि फेरि एकसाथ काम गरेका छैनन् । साहरुखले भन्सालीको निर्देशनमा बनिरहेको फिल्म ‘पद्यमावती’मा काम गर्ने चर्चा पनि भयो । srk-and-sanjay

तर, यी दुइको टिमअप हुन सकेन । तर, अब एक नयाँ प्रोजेक्टका लागि भन्साली र साहरुखविच टीमअप भएको छ ।
सन् २०१५ मै भन्सालीले उर्दु कवि साहिरको जीवनीमा फिल्म बनाउने घोषणा गरेका थिए । उनले बनाउन लागेको नयाँ फिल्मको नाम ‘गुस्ताकियाा’ राखिएको छ ।

यो फिल्मका लागि साहरुख र भन्सालीविच केहि चरणको कुरा भैसकेको छ । मिडियाका अनुसार साहरुखले फिल्ममा काम गर्ने पक्का भैसकेको छ । अभिनेत्रीमा भने कंगना रनावतको नाम चर्चामा छ ।

For More videos Log on to Mazzako TV