शुक्रबारबाट रिलिज भएको अभिनेता आमिर खान अभिनित फिल्म ‘दंगल’ले २ दिनमै बम्पर कमाई गरेको छ । भारतका ४२ सय हलमा रिलिज भैरहेको यो फिल्मले २ दिनमा ६४.६० करोडको कमाई गरेको छ । aamir-khan-dangal

ओपनिङ २९.७८ करोड गरेको फिल्मले शनिबार अझै उत्कृष्ट कारोवार गर्‍यो । शनिबार फिल्मले ३४.८२ करोडको कमाइ गरेको हो ।

२ दिनमै ६४ करोड माथिको व्यापार गरेको फिल्मले आज सय करोडको आँकडा सजिलै पार गर्नेछ । अब, यो फिल्मलाई सय करोड पार गर्न ३६ करोडको आवश्यक छ, जुन यो फिल्मले आइतबार बिदाको दिनमा कमाउने छ ।

अभिनेता आमिर खानको मुख्य भूमिका रहेको यो फिल्मले छोरीले भने छोरा जस्तै काम गर्न सक्छन् भन्ने देखाएको छ ।

For More videos Log on to Mazzako TV