ऋतिकले भरे सबैभन्दा धेरै एड्भान्स ट्याक्स
बलिउड अभिनेता ऋतिक रोशनले सर्वाधिक धेरै ट्याक्स भरेका छन् । अक्टोबरदेखि डिसेम्बरसम्मको एड्भान्स ट्याक्स मामालामा ऋतिक सबैभन्दा अगाडि आएका हुन् ।

उनले ३ महिनामा ८० करोड एड्भान्स ट्याक्स तिरेका छन् । उनी पछि अभिनेता आमिर खानले ७४ करोड ट्याक्स भरेका छन् । तेश्रो नम्बरमा रहेका अभिनेता रणवीर कपुरले ३७ करोड ट्याक्स भरेका छन् ।
अभिनेता सलमान खानले १४ एड्भान्स ट्याक्स भर्दा अक्षय कुमारले १० करोड, दीपिका पादुकोणले ३ करोड र करिना कपुरले ७० लाख ट्याक्स तिरेका छन् । बलिउड अभिनेताहरुले कमाइको आधारमा ट्याक्स भर्दै आएका छन् ।
For More videos Log on to Mazzako TV







