बलिउड अभिनेता साहरुख खानले आफ्नो फिल्मी करिअरमा २ सय भन्दा बढी अवार्ड जितेका छन् । तर, साहरुखले यति धेरै अवार्ड जित्दा पनि, ‘नेशनल अवार्ड’ भने पाउन सकेका छैनन् ।

Indian actor Shah Rukh Khan poses with his trophy after receiving award for his lifetime career during the 11th Marrakech International Film Festival in Marrakech, Morocco, Friday, Dec. 2, 2011. The Festival runs through Dec. 2-10. (AP Photo/Abdeljalil Bounhar)

साहरुख पछि आएका थुप्रै कलाकारले यो अवार्ड जितिसक्दा पनि उनलाई नेशनल अवार्ड मिलेको छैन । आखिर, हरेक किसिमको भूमिकाबाट दर्शकको मनमा बस्न सफल बलिउडका वादशाहलाई किन मिलेन राष्ट्रिय अवार्ड ?

यो बिषयमा साहरुखको आफ्नै तर्क छ । साहरुखका अनुसार, उनी यसका लागि लायक नै छैनन् । साहरुखले भने-‘मैले आजसम्म त्यस्तो कुनै पनि भूमिका गरेको छैन, जसले मलाई यो पुरस्कार दिलाओस् ।’

साहरुखले आजसम्म आफूले पाएका अवार्डहरु ठूलो धनराशी भन्दा पनि महत्वपूर्ण भएको बताए ।

For More videos Log on to Mazzako TV