बलिउड अभिनेत्री करिना कपुरले मंगलबार बिहान नेपाली समय अनुसार ९ बजे छोरालाई जन्म दिइन् । करिनाले सन्तानलाई जन्म दिएपछि उनलाई वधाई दिनेको त ताती नै लाग्यो ।kareena-with-son

करिना र अभिनेता सैफअली खानले छोराको तस्बिर सार्वजनिक गर्न निकै ढिलाई गर्छन् भन्ने धेरैलाई लागेको थियो ।
तर, यो जोडीले छोराको तस्बिर सार्वजनिक गर्दै सबैलाई धन्यबाद समेत दिएको छ । करिनाको छोराको नाम तैमुर अली खान पटौदी राखिएको छ ।

सन् २०१३ मा सैफ र करिनाले बिहे गरेका थिए । गर्भवती भएसँगै करिनाको बिषयमा थुप्रै गसिप बनेका थिए । अहिले करिनाका छोराको नामलाई लिएर ट्विटरमा ठूलो चर्चा पनि भैरहेको छ ।

For More videos Log on to Mazzako TV