बलिउडमा अभिनेत्री सन्नी लियोनीसँग काम गर्न सुपरस्टारहरु तयार हुँदैनन् । कारण, उनको विगतले गर्दा धेरै हच्किन्छन् । तर, अब भने सन्नीको दिन खुलेको जस्तो छ । बलिउडका सुपरस्टारहरुको फिल्ममा सन्नीले अवसर पाउन थालेकी छिन् । sunny-in-laila-o-laila

अभिनेता साहरुख खानको मुख्य भूमिका रहेको फिल्म ‘रइस’को शिर्ष गीतमा सन्नीले आइटम नृत्य गरेकी छिन् । आउँदो बर्षको जनवरी २५ मा रिलिज हुने यो फिल्मको आइटम गीतमा सन्नीसँगै साहरुखलाई पनि देख्न सकिन्छ ।

यो फिल्मलाई राहुल ढोलाकियाले निर्देशन गरेका हुन् । फिल्मको ट्रेलर सार्वजनिक भएपछि यसले हंगामा मच्चाएको थियो । अब, यो गीतले पनि हंगामा मच्चाउने अपेक्षा गरिएको छ ।

For More videos Log on to Mazzako TV