बलिउडमा कुनै समय अभिनेताद्धय संजय दत्त र सलमान खानविच निकै राम्रो सम्बन्ध थियो । तर, जब संजय जेलबाट बाहिर निस्किए, सलमान उनलाई भेट्न गएनन् । यसपछि, यी दुइको सम्बन्धमा दरार आएको थियो ।

salman-and-sanjay

सलमान र संजय यसपछि एक अर्काको कमेन्ट गर्नमै आतुर देखिन्छन् । हालै एक कार्यक्रममा संजयल सलमानमाथि कमेन्ट गरेका छन् । सलमानलाई एक शब्दमा बयान गर्नुहोस् भन्ने प्रश्नमा संजयले भने, घमण्डी ।

संजयको यो जवाफले यी दुइविच पूर्ण रुपमा सम्बन्ध ध्वस्त भएको प्रष्ट हुन्छ । हुनत, सलमानले संजयसँग सम्बन्ध विग्रिएको बिषयमा केहि पनि बताएका छैनन् । तर, सार्वजनिक कार्यक्रममा पुग्दा यी दुइले एक अर्कालाई तिरष्कार गर्दै आएका छन् ।

For More videos Log on to Mazzako TV