आमा बनिन् करिना, छोरालाई जन्म दिइन्
बलिउड अभिनेता सैफअली खान र अभिनेत्री करिना कपुरको घरमा सन्तानको प्रवेश भएको छ । मुम्बइको व्रीज क्यान्डी अस्पतालमा मंगलबार बिहान करिनाले छोरालाई जन्म दिएकी हुन् । 
करिना र छोराको अवस्था राम्रो रहेको भारतीय मिडियाले बताएका छन् । करिनालाई एक बिहानै पेट दुख्न थालेपछि अस्पताल पुर्याइएको थियो । अस्पतालमा करिनाका आमा-बुबा, अभिनेत्री करिश्मा कपुर, अभिनेता सैफअली खान पुगेका थिए ।
करिनाले छोरालाई जन्म दिएपछि अहिले सैफको परिवारमा खुशी छाएको छ । सन् २०१२ मा सैफले करिनासँग दोश्रो बिहे गरेका थिए ।
For More videos Log on to Mazzako TV







