कपिललाई सोनीको अर्को राहत
भारतका चर्चित कमेडियन कपिल शर्माका कारण एकाएक उचाइमा आएको भारतीय टेलिभिजन सोनीले उनको साथ लामो समयसम्म चाहेको देखिएको छ । 
टीआरपी खस्कदै गएपछि कपिलको शो ‘द कपिल शर्मा शो’ सोनीबाट प्रशारण हुन थालेको थियो । यसपछि, सोनीको टीआरपी पनि बढ्न थालेको थियो । यसैले पनि सोनी इन्टरटेन्मेन्टले कपिलको शोलाई नविकरण गर्दै ११० करोडको महंगो पारिश्रमिक तिरेको थियो ।
कपिल शोसँगै दोश्रो फिल्मको छायांकनमा पनि व्यस्त छन् । उनले अभिनय गर्न लागेको दोश्रो फिल्म ‘फिरङ्ग’को छायांकन सुरु भैसकेको छ ।
भारतीय मिडियाका अनुसार सोनी टीभीले नै यो फिल्मको राइट्स किनेको छ । सोनीले कति रकम तिरेर कपिलको फिल्म किन्यो भन्ने खुलेको छैन । तर, सोनीले टेलिभिजिन प्रशारण अनुमति किनेको भारतीय मिडियाको भनाई छ ।
For More videos Log on to Mazzako TV







