अन्ततः अक्षयले पनि सोधे-‘सलमानको बिहे कहिले हुन्छ ?’
अभिनेता सलमान खानको बिहे कहिले हुन्छ भन्ने प्रश्न चलेको लामो समय भैसकेको छ । मिडियामा बलिउडका चर्चित अभिनेतासँग पनि यो प्रश्न सोध्ने गरिन्छ । सलमानले बिहेको बिषयमा विभिन्न रमाइला जवाफ दिएर टार्ने गरेका छन् ।
अब, त अभिनेता अक्षय कुमारले पनि सलमानको बिहेको प्रश्न सोधेका छन् । आफ्नो नयाँ फिल्म ‘जोली एलएलबी २’को ट्रेलरमा अक्षयले सलमानको बिहेको बिषयमा सोधेका छन् । निकै कमेडी शैलीमा तयार पारिएको यो फिल्मको ट्रेलर सार्वजनिक भएसागै चर्चामा छ ।
फ्रेवुअरी १० तारिखबाट यो फिल्म रिलिज हुनेछ । सन् २०१३ मा रिलिज भएको फिल्म ‘जोली एलएलबी’को सिक्वेलको रुपमा यो फिल्म निर्माण भएको हो ।