स्टेफनी भइन् विश्व सुन्दरी
यो बर्षको मिस वर्ल्ड को नजिता सार्वजनिक भएको छ । विश्वका विभिन्न ११७ देशका यूवतीहरुले यो प्रतिस्पर्धामा भाग लिएका थिए । जसमध्ये ११६ देशका प्रतिस्पर्धीलाई पछि पार्दै पोर्टी रोकोकी स्टेफनी डलले मिस वर्ल्डको उपाधी चुमेकी छिन् । यी सुन्दरी ५ फिट ८ इन्च अग्ली छिन् ।
उपाधी पाएपछि आँखाबाट आँशु झार्दै स्टेफनी खुशी देखिएकी थिइन् । पोर्टी रोकोले दोश्रो पटक यो उपाधी जितेको हो । आफ्नो देशको प्रतिनिधित्व गर्न पाउँदा दायित्ववोध भएको यी सुन्दरीको भनाई थियो ।
डोमिनिकन रिपब्लिककी यारित्जा मिगलिना सेकेन्ड स्थानमा आइन् भने इन्डोनेसियाकी नतासाले तेश्रो स्थान प्राप्त गरिन् । यसपटक पनि नेपाल विश्व सुन्दरी प्रतियोगीताबाट खाली हात फर्किएको छ ।
For More videos Log on to Mazzako TV