निर्देशक अराज केशव गिरीलाई पितृ शोक परेको छ । उनका ६० वर्षिय पिता धनी गिरीको आइतबार दिउँसो नयाँ बानेश्वर निवासमा हार्ट अट्याकका कारण निधन भएको छ । स्व.गिरीको आजै पशुपतीमा दाहसंस्कार गरिएको छ ।

araj-kesav-giri

‘आजै पनि चेकअप भएको थियो । खाना खाएर ट्वाइलेट जाँदा त्यस्तो हुंन गयो’ अराजले भने, ‘अस्पताल पनि लग्यौं, तर बचाउँन सकेनौं ।’ एक साता अघि पनि हार्ट अट्याक भएपछि गंगालाल अस्पतालमा लगियो थियो । अस्पतालले अप्रेसन गर्नु पर्ने सुझाव दिएको थियो । अराजका स्व.पिताप्रति हार्दिक समवेदना प्रकट गर्दै शोक शन्तप्त परिवारप्रति धैर्य धारणको कामना गर्दछौं ।

For More videos Log on to Mazzako TV