ऋतिकलाई पठाएको प्रेमपत्र सार्वजनिक भएपछि रोइन् कंगना
अभिनेता ऋतिक रोशन र अभिनेत्री कंगना रनावतको प्रेम चर्चा त अब सकिएको छ । तर, प्रेम सकिएपछि भएका विभिन्न घटनाले उनीहरुलाई मिडियामा ल्याइरहेको छ । मुम्बइमा आयोजना भएको एक कार्यक्रममा पुगेकी कंगनाले ऋतिकसँगको प्रेम र ब्रेकअपको बिषयमा कुरा गरेकी छिन् ।
उनले मिडियासँग भनिन्-‘जब मेरो प्रेमपत्र सार्वजनिक भयो, मलाई दुनियाँसामु नांगो भएको जस्तो महशुश भयो ।
ऋतिकसँग सुरु भएको प्रेमको बिषयमा उनले भनेकी छिन्-‘यो एक पहाडमा बस्ने यूवतीको कथा हो, जो निकै जिद्दी छ । उसलाई एक यूवकको तस्बिर मिल्छ र उसँग प्रेम हुन्छ । उक्त यूवकका लागि यूवती पहाड, समुन्द्र पार गरेर आउछे । जब, उ तारको तल यूवकसँग बस्छे । यूवक उसलाई किस गर्छ र आइ लभ यू भन्छ । जब यूवती सफलताको यात्रा दौडन्छे, अनी यूवक उसँग डराउन थाल्छ र उनीहरुको प्रेम व्रेकअपमा बदलिन्छ ।’
ऋतिकलाई पठाएको पत्र सार्वजनिक भएपछि आफू कैयौ रात रोएको उनले बताएकी छिन् ।
For More videos Log on to Mazzako TV