नायक रणवीर सिंह र नायिका दीपिका पादुकोण प्रेममा रहेको खबर त कुनै नौलो कुरा भएन । तर, अब यो जोडी आफ्नो घर पनि जान छाडेको चर्चा छ । आखिर, घर जान छाडेर कहाँ बसिरहेका छन् त रणवीर र दीपिका ?ranbir-and-deepika-hot

मिडिया खबरअनुसार फिल्म ‘पद्यमावती’को छायांकनका क्रममा यी दुई कलाकार आफ्नो भूमिकामा खुबै डुबेका छन् । जसकाकारण, यी दुई घर जान छाडेका हुन् । सेटमा काम सकिएपछि दीपिकाले नजिकैको होटलमा बस्न थालेकी छिन् ।

रणवीरले भने सेटको नजिकै सानो घर नै भाडामा लिएका छन् । दीपिका र रणवीर एक अर्कासँगै भूमिकाको बिषयमा गफ गर्न नजिक बस्न थालेका हुन् । जसकाकारण, उनीहरु कैयौ दिनसम्म घर नै जाँदैनन् ।

संजयलिला भन्सालीको निर्देशनमा बनिरहेको यो फिल्म अहिले खुबै चर्चामा छ ।

For More videos Log on to Mazzako TV