यो बर्षको सुरुवाती महिनामा व्रेकअप गरेका अभिनेता रणवीर कपुर र अभिनेत्री कट्रिना कैफको चर्चा अझै सेलाएको छैन । यी दुइले व्रेकअपको बिषयमा खुलेर कुरा गरेको छैनन् ।
ranbir-and-katrina
तर, पहिलो पटक मिडियासँग कुरा गर्दै रणवीरले भने-‘जतिबेला म प्रेममा थिएँ, मेरो प्रेम गलत हल्लाको शिकार भयो । अब म छैन भने फेरि गलत हल्ला उत्पन्न नहोस् भन्ने चाहन्छु । यसका लागि म यसको सम्मानजनक अन्त्य चाहन्छु । यसलाई एउटा इज्जत दिएर अन्त गर्न जरुरी छ ।’

रणवीरले भने-‘सिंगल बस्न एकदमै बोरिङ हुन्छ । एकदमै एक्लोपन लाग्छ । मलाई खुशी त्यतिबेला लाग्छ जब म यी सबै कुराहरु शेयर गर्न मानिस पाउँछु । जब तपाइसँग कोहि हुन्छ, उसले तपाइलाई सम्हाल्न मद्दत गर्छ । एक्लो हुनुमा कुनै मज्जा नै छैन । ‘

मिडियासँग खुलेर कुरा गरेका रणवीरले भनेका छन्-‘जब मानिसहरु मेरो खुबै तारिफ गर्छन्, मलाई यो सुनेर खासै रमाइलो लाग्दैन । उनीहरुले सााचो नबोलेको मलाई थाहा हुन्छ ।’

चलचित्र ‘जग्गा जासुस’को सुटिङका क्रममा कट्रिना र रणवीरको व्रेकअप भएको थियो ।

For More videos Log on to Mazzako TV