सलमानसँग सबै भन्दा सुरक्षित हुन्छुः परिणिती
बलिउड अभिनेत्री परिणिती चोपडा शरीरको वजन घटाएपछि फुरुङ्ग छिन् । उनी अहिले आफ्नो नयाँ फिल्म ‘मेरी प्यारी विन्दु’को छायांकनमा व्यस्त छिन् । तर, समय निकालेर उनी एक स्मार्टफोन सार्वजनिक गर्न उपस्थित भइन् ।

उनले स्मार्टफोनलाई बलिउडका चर्चित कलाकार अमिताभ बच्चन, सलमान खान,दीपिका पादुकोण, रणवीर सिंहसँग गरिन् । उनले दीपिकालाई मोबाइल फोन जस्तै स्लिम भनिन् । बलिउडका फुर्तिला अभिनेता रणवीर सिंहको तुलना व्याट्रीसँग गरिन् भने सलमान खानलाई सेक्यूरिटी सिस्टमसँग गरिन् ।
सलमान खानसँग बस्द आफू निकै सुरक्षित हुने भनाई उनको थियो । परिणिती र सलमान निकै मिल्ने साथीको रुपमा चिनिन्छन् । फिल्म ‘सुल्तान’मा अनुष्का भन्दा पहिले परिणितीले काम गर्ने चर्चा थियो ।
उनले अभिनेता अमिताभ बच्चनको तुलना भने मोबाइलको साउण्डसँग गरिन् । अमिताभको आवाजको आफू फ्यान भएको उनको भनाई थियो ।
For More videos Log on to Mazzako TV







