रणवीरको खुशी छाडेर आदित्यसँग के गर्दै थिइन् कट्रिना ?
बलिउड अभिनेता रणवीर कपुर र अभिनेत्री कट्रिना कैफको त प्रेममा दरार आइसक्यो । सायद, यहि कारणले होला अचेल यी दुई एक अर्काको खुशीमा सहभागी हुन छाडेका छन् ।
वुधबार अभिनेता रणवीर कपुर मुम्बइमा बनाएको नयाँ घरमा प्रवेश गरे । आफ्ना माता-पिताको घर छाडेर रणवीरले नयाँ घर किनेका हुन् । रणवीर नयाँ घरमा प्रवेश गर्दा उनका केहि नजिकका साथी मात्र उनीसँग थिए ।
तर, उनका नजिकका साथी मानिने अभिनेत्री कैफ र अभिनेता आदित्य रोय कपुर उनको पार्टीमा देखिइनन् । केहि फोटोग्राफरले कैफ र कपुरलाई छुट्टै स्थानमा क्लिक गरेका छन् । आदित्यसँग कट्रिना उनको घरमा थिइन् ।
उनीहरु के गर्दै थिए भन्ने त खुलेको छैन । तर, रणवीरका नजिकका साथी छुट्टै स्थानमा रमाइरहेका थिए, जतिबेला रणवीर आफ्नो सपनाको नयाा घरमा प्रवेश गरिरहेका थिए ।
For More videos Log on to Mazzako TV