अभिनेत्री सोनम कपुर अहिले प्रेमका कारण पनि चर्चामा छिन् । सोनम प्रेमी आनन्द आहुजाको साथमा समय बिताइरहेकी छिन् । यी दुइले सार्वजनिक रुपमा नै प्रेमलाई स्विकार भने गरिसकेका छैनन् । तर, पनि यी दुइको बिषयमा मिडियामा लामो समयदेखि समाचार आइरहेको छ । soonam-kapoor-bf

सोनम र आनन्दले सन् २०१७ मा बिहेको योजना पनि बनाएको खबर मिडियामा आउन थालेको छ । यस बिषयमा सोनमले एक मिडिया कुराकानीमा कडा जवाफ दिएकी छिन् । बिहे र प्रेमीको बिषयमा सोधिएको प्रश्नमा उनले भनिन्-‘कृपया तपाइहरु मेरो व्यक्तिगत जीन्दगीलाई व्यक्तिगत नै रहन दिनुहोस् ।’

सोनम र आनन्द विगत २ बर्षदेखि एकअर्कालाई डेट गरिरहेका छन् । यो बर्ष रिलिज भएको फिल्म ‘निरजा’बाट सोनम चर्चामा छिन् ।

For More videos Log on to Mazzako TV