गर्भवती करिना, तर छाड्दिनन् साथीसँग मस्ती गर्न
बलिउड अभिनेत्री करिना कपुर आमा बन्न तयार छिन् । संभवत, यो साता उनले सन्तानलाई जन्म दिनेछिन् । गर्भवती समयमा अभिनेत्रीहरु खासै बाहिर निस्कदैनन् । तर, अभिनेत्री करिनाको जीवनमा भने यो कुरा लागू भएको छैन । उनले सन्तानलाई जन्म दिन एक साता मात्र बाँकी छ ।

तर, उनलाई अवार्ड कार्यक्रमदेखि मस्ती गर्दै गरेको अवस्थामा देख्न सकिन्छ । करिना आफ्नो ग्याङसँग घुम्न खुबै रुचाउँछिन् । अभिनेत्रीहरु करिश्मा कपुर, अमृता अरोरा लगायतको टोलीसँग उनी आउटिङमा निस्किइन् ।
कुनै महिला गर्भवती हुनु नयाँ कुरा नभएको भन्दै करिनाले आफूलाई काम गर्न र घुम्न कसैले रोक्न नसक्ने बताउँछिन् ।
For More videos Log on to Mazzako TV







