ऋतिकको फिल्ममा यति हट उर्वशी
अभिनेता ऋतिक रोशन र अभिनेत्री यमी गौतमको मुख्य भूमिका रहेको फिल्म ‘काविल’ जनवरी २५ बाट रिलिज हुँदैछ । यो फिल्मलाई लिएर अहिले विभिन्न खालका चर्चा पनि भैरहेका छन् ।
तर, यो फिल्म चर्चामा रहनुको अर्को कारण, एक आइटम गीत पनि हो ।
यो फिल्ममा अभिनेत्री तथा मोडल उर्वशी रौटेलाको आइटम गीत छ । ‘सारा जवाना’ बोलको गीतमा उर्वशीले हट आइटम नृत्य गरेकी छिन् ।
यो गीत सार्वजनिक हुन केहि दिन मात्र बाँकी छ । तर, यो फिल्ममा उर्वशीको लुक भने सार्वजनिक भएको छ । संजय गुप्ताले निर्देशन गरेको यो फिल्ममा उर्वशी हट एन्ड ब्यूटी अवतारमा देखिदैछिन् ।
यहि मितिमा साहरुख खान अभिनित फिल्म ‘रइस’ पनि रिलिज हुने भएकाले यसको चर्चा अझ बढी छ । उर्वशी बलिउडमा संघर्षरत मोडल हुन् । तर, उनले सहि अवसर भने पाएकी छैनन् ।
For More videos Log on to Mazzako TV







