सोनमले भनिन्-‘मलाई बच्चामा जे भयो, त्यो कसैलाई पनि नहोस्’
एक टीभी शोमा कुराकानी गर्ने क्रममा बलिउड अभिनेत्री सोनम कपुर खुबै भावूक भइन् । उनले आफ्नो जीवनमा घटेको एक घटना सबैसँग शेयर पनि गरिन् । आफूले बच्चाको समयमा भोगेको एक भोगाइ, कसैको जीवनमा पनि नघटोस् भनेर उनले कामना गरिन् ।
सोनमले विद्या बालन, अनुष्का शर्मा जस्ता स्टार पनि सहभागी भएको शोमा भनिन्-‘हो बचपनमा ममाथि पनि शोषण भएको थियो । यो कुराको महशुश म गर्न सक्छु । यस्तो कसैलाई पनि नहोस् ।’
सोनमले आफूलाई कसले कस्तो शोषण गरेको थियो भन्ने खुलाएकी छैनन् । तर, बलिउडमा फेसनकी रानी भनेर चिनिने यी अभिनेत्रीको कुराले भने सबैलाई अचम्मित बनाइदिएको छ ।
For More videos Log on to Mazzako TV