करणको फिल्ममा दीपिका र ऋतिक
बलिउडमा सफल मानिएका २ कलाकार अभिनेता ऋतिक रोशन र अभिनेत्री दीपिका पादुकोणलाई दर्शकले पर्दामा अहिलेसम्म हेर्न पाएका छैनन् । 
आखिर, यी दुई कलाकारले एकसाथ काम किन गरेका छैनन्, यो खुलेको छैन । तर, यी दुई कलाकारलाई अब भने पर्दामा ल्याउने काम निर्माता करण जोहरले गर्ने भएका छन् ।
करण जोहरको ब्यानरमा बन्न लागेको फिल्मका लागि ऋतिक र दीपिकाले एकसाथ काम गर्ने भएका छन् । करण मल्होत्राले निर्देशन गर्न लागेको अनटाइलट प्रोजेक्टमा दीपिका र ऋतिकलाई देख्न पाइनेछ ।
ऋतिकले आउँदो बर्षको मार्च महिनाबाट यो फिल्मका लागि डेट दिएका छन् भने दीपिकाले फिल्म ‘पद्यामवति’को छायांकन सकाएर यो फिल्मका लागि समय दिनेछिन् ।
For More videos Log on to Mazzako TV







