बलिउड अभिनेत्री कंगना रनावतलाई दर्शकले कुनै पनि अवार्ड कार्यक्रममा पुगेको देख्दैनन् । आफ्नो कामका कारण चर्चामा रहेकी कंगना आखिर किन पुग्दिनन् त अवार्ड समारोहमा ?
kangana-hot
कंगनाका अनुसार उनलाई अवार्डमा विश्वास नै छैन । यसैले आफू अवार्ड कार्यक्रममा नजाने गरेको उनले सुनाइन् । उनका अनुसार उनलाई अवार्ड जोसुकैले पाएपनि खास मत्तलव लाग्दैन ।

उत्कृष्ट अभिनेत्रीको विधामा आलिया भट्ट र सोनम कपुरको प्रतिस्पर्धाको बिषयमा सोधिएको प्रश्नमा कंगनाले भनिन्-‘म कुनै जुरी होइन । म किन यो बिषयमा मुल्यांकन गरौ । मलाई अवार्डमा कुनै विश्वास पनि छैन । यसैले कसले जित्छ र कसले हार्छ भन्ने कुराले मलाई फरक पर्दैन ।’

बलिउडमा अभिनेता आमिर खान पनि अवार्ड समारोहमा सहभागी हुँदैनन् । अभिनेत्री कंगना पनि केहि बर्षदेखि अवार्ड समारोहमा पुग्न छाडेकी छिन् ।

For More videos Log on to Mazzako TV