शुक्रबारदेखि प्रदर्शनमा आएको अभिनेता रणवीर सिंह र अभिनेत्री वाणी कपुर अभिनित फिल्म ‘वेफिक्रे’ले अहिले समिक्षको चर्को आलोचना भोगिरहेको छ ।
befikre-poster
आदित्य चोपडाको निर्देशनमाथि नै समिक्षकले प्रश्न उठाएका छन् । समिक्षकको चर्को आलोचना भोगेको फिल्मले के बक्स अफिसमा गतिलो व्यापार गर्‍यो त ?

भारतका २१ सय हलमा रिलिज भएको यो फिल्मले पहिलो दिन १०.३६ करोडको व्यापार गर्‍यो । तर, शनिबार फिल्मको व्यापार केहि वृद्धि भयो । शनिबार फिल्मले ११.६० करोडको व्यापार गरेको छ । २ दिनमा २१.९६ करोडको व्यापार गर्दै बक्स अफिसमा फिल्म खरो उत्रिएको छ ।

आइतबार बिदाको दिन भएकाले पनि फिल्मको व्यापार बढ्नेछ । भारतमा नोटबन्दीको असर प्रत्यक्ष रुपमा फिल्महरुमा परिरहेको छ । तर, विस्तारै बलिउडमा फिल्मको व्यापार बढ्न थालेको छ ।

For More videos Log on to Mazzako TV