दीपिकासँग अन्तरंग दृश्य दिन साहिदलाई गाह्रो
बलिउड अभिनेता साहिद कपुरलाई अभिनेत्री दीपिका पादुकोणसँग अन्तरंग दृश्य दिन गाह्रो भएको छ । बिहेपछि केहि लजाएका अभिनेता साहिद फिल्म ‘पद्यामवती’मा अभिनेत्री दीपिका पादुकोणसँग रोमान्स गर्दैछन् ।

यो फिल्ममा साहिद दीपिकाको पतिको रुपमा देखिदैछन् । फिल्ममा अर्का अभिनेता पनि छन्, रणवीर सिंह । रणवीर र दीपिकाविच यो फिल्ममा अन्तरंग दृश्य समावेश हुनेछैन ।
भारतीय मिडियाका अनुसार पति-पत्नीको दृश्य दिने क्रममा साहिद खुबै लजाएका छन् । मिरा राजपुतसँग बिहे गरेर सन्तानको बाबु बनिसकेपछि के साहिद कपुरलाई पत्नीसँग डर लागेको हो ?
अहिलेसम्म सय करोडको क्लबको स्वाद नचाखेका साहिदलाई यो फिल्मबाट उच्च अपेक्षा छ । यसैले पनि, उनले सेटम जीम खाना खोलेर मिहिनेत गरिरहेका छन् ।
For More videos Log on to Mazzako TV







